उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लिए एक्सन
ratopati.com
एजेन्सी । भारतको उत्तरप्रदेश राज्यको हाथरसमा भएको सामूहिक बलात्कार हत्याप्रकरणमा यूपी सरकारले प्रशास विरुद्धको कार्वाही सुरु गरेको छ । सरकारले हाथरस क्षेत्रका अधिकांश प्रहरी अधिकारीहरुलाई निलम्बन गरेको छ । समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार यूपी सरकारले सो क्षेत्रका एक एसपी, डिएसपी, इन्स्पेक्टर र अन्य अधिकारीहरुलाई निलम्बन गरिदिएको छ ।
निलम्बित हुनेहरुमा एसपी विक्रान्त वीर, सीओ राम शब्द, इन्स्पेक्टर दिनेशकुमार वर्मा, एसआई जगवीर सिंह लगायत रहेका छन् । शुक्रबार साँझ उत्तर प्रदेशका मुख्यमन्त्री योगी अदित्यनाथ निर्देशनमा उक्त एक्सन लिइएको हो । सो प्रकरणका पीडित परिवारलाई न्याय दिनुपर्ने दबाबसहित शुक्रबार दिल्लीको जन्तरमन्तरमा व्यापक विरोध प्रदर्शन भएको थियो । उक्त विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, सामाजिक अभियन्ता र मानवअधिकारवादीहरुको सहभागिता रहेको थियो । दिल्ली लगायत अन्य थुप्रै शहरमा प्रदर्शन भएका खबरहरु आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)