कोरोना विश्व अपडेटः कुन देशमा कस्तो छ संक्रमणको पछिल्लो अवस्था ? (विवरणसहित)
lokpath.com · Thu Jun 11 18:13:28 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ४ लाख २१ हजार ३ सय ४८ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ७५ लाख ३८ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३८ लाख २२ हजार ३ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार ९ सय ४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको असर धेरै देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख १५ हजार ४ सय ७३ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा अमेरिकामा ९ हजार ७ सय ८६ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २० लाख ७६ हजार १ सय ८७ पुगेको छ । त्यस्तै हालसम्म ८ लाख ९ हजार ३ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ७ सय ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा मात्र अमेरिकामा ३ सय ४३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)