कोरोना विश्व अपडेट: साढे ४१ लाखमा फैलियो संक्रमण, कति पुगे मृतक ? (विवरणसहित)
lokpath.com · Sun May 10 17:57:13 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ४१ लख ४९ हजार ७ सय ७९ जना मानिसमा संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ८२ हजार ४ सय ३८ जनाको ज्यान गइसकेको तथ्यांकले देखाएको छ । भने १४ लाख ६३ हजार ८ सय ८ जना उपचारपछि निको भएर घर फर्किएका छन् र संक्रमित मध्ये ४७ हजार ४ सय २६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
विश्वको सबैभन्दा बढी कोरोना संक्रमित तथा मृतक रहेको देश संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ८० हजार ३ सय ३१ जनाको ज्यान गइसकेको छ । भने १३ लाख ५३ हजार ३ सय १२ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण २ सय ९४ जनाको ज्यान गएको र ६ हजार बढीमा संक्रमण देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)