न्युयोर्कका नेपालीहरुको जटिल समस्या समाधानमा टास्क फोर्स यसरी गर्दैछ प्रयास
hamrakura.com · Fri Apr 10 18:05:00 UTC 2020
न्यूयोर्क। जनसम्पर्क समिति अमेरिकाले हालै गठन गरेको कोभिड-१९ राहत टास्क फोर्सहरू मध्ये न्युयोर्कको टास्क फोर्सले आफ्नो काम अगाडी बढाएको छ। कोरोना भाईरसको केन्द्रबिन्दु रहेको एल्म्हर्स्ट हस्पिटलको वरपर बस्ने हजारौं नेपालीहरु यो भाइरसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट पिडित छन् । केहि नेपालीको मृत्यु भैसकेको र धेरै संक्रमित छन् । सबैलाई घरमा बस्ने निर्देशन दिइएको छ ।
सरकार नै गम्भीर अवस्थामा लागिरहेको यस्तो अवस्थामा सहयोग गर्छु भन्ने नेपाली संस्थाको सहयोग गर्न सक्ने परिधि वा क्षमता के हो भन्ने बारेमा पनि टास्क फोर्समा छलफल भएको थियो। घरमा थर्मामिटर नभएर ज्वरो नाप्न नपाउनेलाई एउटा उपलब्ध गराउनु त्यो संस्था वा व्यक्तिले दिने ठूलो सहयोग हो। देखिएको छ अहिले चाहिने अत्यावश्यक राहतका सामाग्री भनेको टैलेनोल, थर्मामिटर, मास्क, पन्जा र हेन्ड सेनिटैजर हुन् जुन घरघरमै पुर्याइएका तस्विरहरु नेपाली संस्था तथा व्यक्तिहरुको सामाजिक संजालमा देखिइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)