नाइजेरियामा राष्ट्रपतिका निजी सचिवको कोरोना संक्रमणबाट मृत्यु
ratopati.com
एजेन्सी । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीका मुख्य सहयोगी अर्थात निजी सचिवको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । राष्ट्रपति मुहम्मदका मुख्य सहयोगी अब्बा क्यारीको शुक्रबार कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उनको मृत्यु भएको पुष्टि गर्दै राष्ट्रपति मुहम्मदले भनेका छन्, ‘कोभिड–१९ पोजेटिभ देखिइएलगत्तै उनी अस्पतालमा उपचाररत थिए, तर उनको शुक्रबार मृत्यु भएको छ ।’ नाइजेरियामा अहिलेसम्म कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ भने ४९३ जना संक्रमित छन् । तस्बिरमा रातो टोपी लगाउने अब्बा क्यारी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)