कोरोना संक्रमणका कारण बेलायतमा थप एक नेपाली महिलाको ज्यान गयो
news24nepal.tv · Mon Apr 13 23:01:27 UTC 2020
काठमाडौं, ०१ बैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड-१९ का कारण बेलायतमा थप एक जना नेपाली महिलाको ज्यान गएको छ । सडवरी टाउनमा बस्दै आएकी पोखराकी पुष्प घलेको कोरोना भाइरस संक्रमणकै कारण शनिबार ज्यान गएको बताइएको छ ।
त्यहाँ उनी एक होम केयरमा काम गर्दै आएकी थिइन् । बेलायतबाट सञ्चालिक एक अनलाइन नेपाली पत्रिकाका अनुसार ज्वरो र खोकी लागेपछि उनी घरमै आइसोलेशनमा बस्दै आएकी थिइन् । तर, शनिबार अचानक श्वासप्रश्वासमा समस्या आएपछि घलेलाई नर्थवीक पार्क अस्पताल लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)