कर्णाली नदीमा यात्रुवाहक हाइस खस्यो
ratopati.com · Thu Jul 02 07:17:37 GMT 2026

सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक हाइस कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले गाडी नदीमा डुबेको रातोपाटीलाई बताए ।
‘गाडी नदीमा डुबेको छ, मान्छे कति थिए, के भयो पत्ता लागेको छैन,’ उनले भने । उनका अनुसार, कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)