सुरज तमुको म्युजिक भिडियो 'हवाइ अड्डा' सार्वजनिक
annapurnapost.com · Wed Nov 04 23:29:00 UTC 2020
काठमाडौँ : रंगकर्मी सुरज तमुको म्युजिक भिडियो 'हवाइ अड्डा...' हालै सार्वजनिक भएको छ । 'आउँछु सानु हवाइजहाज चढेर बादलमाथि चुरे हिल भएर...' बोलको गीतको भिडियोमा सुमित तामाङ, कुसुम गुरुङ र सुरज तमुको मुख्य अभिनय छ ।
उक्त गीत पुराना प्रेमी-प्रेमिकाको सफल हुन नसकेको प्रेम संघर्षमा केन्द्रित छ । जसलाई सुरजले सुन्दर तरिकाले म्युजिक भिडियोमा उतारेका छन् । भिडियोमा सुमित लाहुरे (सैनिक जवान)को रुपमा देखिएका छन् । र उनी आफ्नी प्रेमिकालाई माया गरिरहे पनि सँगै रहन सफल छैनन् । सुरज भने सुमितका लागि बाधक बनिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)