भक्तपुरमा निस्किए नवदुर्गा देवगण, नृत्य गर्दै नगर परिक्रमा
pahilopost.com · Sat Oct 31 17:17:16 UTC 2020
भक्तपुर : कोरोना भाइरसको संक्रमणबीच भक्तपुरमा नवदुर्गा नाच सुरु भएको छ। कोजाग्रत पूर्णिमाको दिन नवदुर्गा देवगणहरुले शनिवार नगर परिक्रमा गरेका छन्। कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति नवदुर्गा मन्दिर जाने प्रचलन रहेपनि यसपटक संक्रमणका कारण राष्ट्रपति मन्दिर पुगिनन्। यस पटकको नवदुर्गाको प्रसाद भने शीतल निवास पुर्याइएको छ।
शनिवार दिउँसो नवदुर्गा देवगणहरु नवदुर्गा मन्दिरबाट निस्किएर नृत्यु गर्दै नगरका विभिन्न क्षेत्रमा पुगेका थिए। त्यसक्रममा भक्तजनहरुले देवगणहरुको पूजा गर्नुका साथै प्रसाद चढाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)