मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एक दिवसीय र टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको सङ्ख्या बढाउने निर्णय

Ujyaaloonline.com · Wed Jun 02 00:10:08 GMT 2021

काठमाण्डाै – एक दिवसीय र टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको संख्या बढ्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले एकदिवसीय विश्वकपमा १४ देश र टी–ट्वेन्टी विश्वकपमा २० देशले खेल्न पाउने निर्णय पारित गरेको हो ।

एकदिवसीय क्रिकेटको नियम सन् २०२७ र टी–ट्वेन्टीको नियम सन् २०२४ देखि नै लागु हुनेछ । आईसीसीको नयाँ नियमसँगै नेपाल जस्ता एसोसिएट देशले दुवै फर्म्याटका विश्वकप खेल्न पाउने सम्भावना बढेको छ । अहिले जम्मा १० देशले एकदिवसीय र १६ देशले मात्रै टी–ट्वेन्टी विश्वकप खेल्न पाउने नियम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)