प्रदेश ५ : कोरोना परीक्षणमा चुनौती
baahrakhari.com · Mon Jun 01 17:20:00 UTC 2020
रुपन्देही । प्रदेश नं ५ मा कोभिड –१९ को संक्रमण दर बढ्दै जाँदा यसको परीक्षणमा चुनौती देखिएको छ । प्रदेशमा हाल बाँकेको भेरी अस्पताल, दाङको राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान र रुपन्देहीको भैरहवा गरी तीन स्थानमा कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा छन् ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज राष्ट्रिय मानवअधिकार आयोगको प्रदेशस्तरीय कोभिड- १९ मा मानवअधिकार अनुगमन समितिको साप्ताहिक भर्चुअल बैठकमा प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउन नसक्नु सबैभन्दा चुनौती देखिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)