अमेरिकामा बढेको बढ्यै कोरोना संक्रमण : बितेको २४ घण्टामा मात्रै ७ हजार बढी संक्रमित
lokpath.com · Sun May 24 17:38:58 UTC 2020
काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ९८ हजार ८ सय ३४ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ७ हजार ९० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १६ लाख ७३ हजार ९ सय १८ पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
अमेरिकामा हालसम्म कोरोना उपचारपछि ४ लाख ४९ हजार २५ जना घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा १ सय ५१ जना मानिसको ज्यान गएको छ । भने संक्रमितमध्ये १७ हजार ३ सय ३० जनाको अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)