अमेजन प्राइममा नेपाली फिल्म 'लाटो कोशेरो'
setopati.com · Mon Jul 06 16:13:00 UTC 2020
कोरोना संक्रमण महामारीका कारण हलमा नयाँ नेपाली फिल्म हेर्न नपाइए पनि केही निर्देशकहरु डिजिटल माध्यमबाट दर्शकमाझ जान थालेका छन्। निर्देशक शिरीष गुरुङ निर्देशित 'लाटो कोशेरो' त्यस्तै फिल्म हो जुन हालै अमेजन प्राइममा उपलब्ध भएको छ।
मान्छेको जीवन 'बुख्याचाः' सँगै जोडिने र भूत-प्रेतसम्बन्धी काल्पनिक धारणामा फिल्म आधारित छ। काठमाडौं परिवेशमा छायांकन गरिएको यो फिल्ममा विशेष गरी नेवा: संस्कृति झल्काउन पुरानो भक्तपुर क्षेत्रको चित्रण गरिएको छ। नेवार समुदायका आस्था र विश्वाससँग फिल्मका पात्रहरु जोडिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)