मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

संखुवासभामा पहिरोले लियो एकजनाको ज्यान, यी हुन् बेपत्ता २१ जना (नामावलीसहित)

aarthiknews.com · Mon Jun 19 00:16:00 GMT 2023

संखुवासभा । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गएराति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ बर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेँवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले चैनपुर –४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी प्रमुख डिएसपी बीरेन्द्र गोदारले जानकारी दिए । डिएसपी बीरेन्द्र गोदारका अनुसार सुपर हेँवा हाइड्रोपावरका सन्तोस ढकाल (सुपरभाईजर) सुनसरी इटहरी, भुवनसिंह तामाङ चैनपुर नगररपालिका –४, सुवास राई चैनपुर संखुवासभा,फैजबहादुर कार्की सुपरभाईजर झापा गौराहदह, गणेश गिरी धनकुटा पाख्रीवास, राजकुमार मगर ईलाम, मिना श्रेष्ठ झापा (भान्स), रामजतन थारु कैलाली, राहुल थारु बर्दिया, रोहित थारु बर्दिया, पुलसन थारु बर्दिया, कालीराम थारु बर्दिया, राजराम थारु बर्दिया, सुगत थारु कैलाली, अमर थारु कैलाली, सिता थारु कैलाली र दिपक मगर पाँचखपन संखुवासभा रहेका छन् । त्यस्तै गरी सभापोखरी गाउँपालिका – ३ सुनाम्लामा गोठ बगाउँदा ६० बर्षीय गणेश राईर ६१ बर्षीया सन्चमाया राई बेपत्ता हुनु भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)