क्वारेन्टिनबाट घर फर्किएका २६ जनामा कोरोना सङ्क्रमण
baahrakhari.com · Wed Jun 17 18:00:00 UTC 2020
बर्दिया । क्वारेन्टिनबाट आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५ र २ का ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उनीहरुलाई गत जेठ २९ गते क्वारेन्टिनबाट घर पठाइएको थियो । जेठ ३१ गते स्वाब संकलन गरी नेपालगञ्ञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्दा आज सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)