मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विश्वभर चरम मुद्रास्फीति

annapurnapost.com · Mon May 02 00:46:00 GMT 2022

वासिङटन : संसारभर मुद्रास्फीति बढेको छ। अमेरिकामा मात्रै ४० वर्षयताकै उच्च मुद्रास्फीति बढेको विभिन्न सूचकांकले देखाएको छ। जसले गर्दा अमेरिकी जनताले चर्को महँगीको मार भोगिरहेका छन्। ब्युरो अफ लेबर स्ट्याटिसटिकका अनुसार अमेरिकामा मार्च महिनामा मुद्रास्फीति ८.५ प्रतिशत पुगेको छ। एक ग्यालन ग्यासको मूल्य सन् २०२१ जनवरीको भन्दा करिब दोब्बर छ। घरजग्गा मूल्य सूचकांक फेब्रुअरीमा १९.८ प्रतिशतले बढेको छ। मार्च महिनामा नै खाद्यान्न वस्तुको मूल्य एक वर्ष अघिको भन्दा १० प्रतिशतले बढेको थियो।

अहिले मूल्यवृद्धि उत्कर्षमा पुगेका भन्दै केही विश्लेषकहरूले यो बोझ छिट्टै कम हुन सक्ने अनुमान गरेका छन्। यसै साता हुने अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भको भेलाले सम्भवतः ब्याजदर बढाउने छ। ब्याजदर मुद्रास्फीति नियन्त्रण गर्ने उपकरण भएकाले यस्तो योजना अघि सारेको केन्द्रीय बैंकको भनाइ छ। यसरी ब्याजदर बढ्दै जाँदा अर्थतन्त्रमा ठूलो मन्दी आउन सक्ने लगानीकर्ताले आँकलन गरेका छन्। यसबारे उनीहरू डराएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)