अपडेटः नभाल्नीलाई विष खुवाइएको घटनाको अनुसन्धान गर्न जर्मन चान्सलर मार्केलको माग : नभाल्नी अझै ‘कोमा’मैं
livemandu.com · Wed Aug 26 17:26:42 UTC 2020
एजेन्सी, १० भाद्र, २०७७ । एलेक्सी नभाल्नी रुसका प्रमुख प्रतिपक्षी दलका प्रभावशाली नेता हुन्, केहि दिनअघि आफू सवार विमानमैं स्वास्थमा एक्कासी गम्भिर समस्या आएपछि यिनलाई जर्मन उपचारार्थ लिएर गइयो, जर्मन चिकित्सक टोलीले नभाल्नीलाई तातो चियामा ‘टक्सीर नर्भ एजेन्ट’ दिएर बिरामी पारिएको ठोकूवा गरेका छन् । रुसमा राष्ट्रपति पुटिनको सबैभन्दा कट्टर आलोचक तथा प्रभावशाली युवा नेता एलेक्सी नभाल्नीमाथी भएको यस घृणित कार्यमा रुससँग रुष्ठ पश्चिमी देशहरुले दूरी बढाउन थालेका छन् ।
रुसका क्रेमलीन इलाइटहरुको सञ्जाललाई र तत्कालीन शासन र सत्तामा रहेका समुहहरुलाई विगतका एक दशक देखि निडर भएर औंला ठड्याएका र यसो गर्ने साहष राख्ने नभाल्नीका रुसमा दुश्मनहरुको कमी त पक्कै छैन, पश्चिमा देशहरुले यो कुरा नबुझेका पनि हैन यद्धपी नभाल्नी प्रतिको यो दुराशयको पारदर्शी तथा पूर्वाग्रह बिना छानबिन गर्न गराउन जर्मन चान्सलर मार्केल र परराष्ट्र मन्त्री हाको मासले जोडदार माग गरेका छन् । प्रतिपक्ष बिनाको रुसी सत्ता निरकुंश हुने तर्कमा उनीहरुको एकमत छ ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)