मार्जिन कारोबारका लागि नासाले ३ अर्ब रुपैयाँ कर्जा लिंदै, लगानीकर्तालाई कति ब्याजदरमा दिंदैछ लोन ?
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा बढी कर्जाका लागि रेटिङ अनिवार्य गरेपछि पछिल्लो समय धितोपत्र दलाल कम्पनीहरुले कर्जा रेटिङ गराउने क्रम तीव्र बनेको छ । सोही क्रममा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले पनि मार्जिन कारोबार विस्तारका लागि ३ अर्ब रुपैयाँ बैंक कर्जा लिन रेटिङ गराएको छ । यसअघि भिजन सेक्युरिटिजले पनि डेढ अर्ब रुपैयाँ कर्जाका लागि रेटिङ गराएको थियो ।
केयर रेटिङ्स नेपाल लिमिटेडले नासाको १ करोड १० लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि ‘केयर–एनपी ए माइनस’ तथा २ अर्ब ९८ करोड ९० लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि ‘केयर–एनपी ए२ प्लस’ रेटिङ प्रदान गरेको हो । कम्पनीले मुख्यतः मार्जिन ट्रेडिङ सुविधा विस्तारका लागि उक्त कर्जा रेटिङ गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)