निजी अस्पतालका रिपोर्ट कोरोना बिमामा मान्य हुने
ekantipur.com · Sun Sep 13 17:36:21 UTC 2020
काठमाडौँ — निजी अस्पतालका प्रयोगशालाको पीसीआर रिपोर्टका आधारमा पनि कोरोना बिमाको दाबी भुक्तानी पाइने भएको छ । बिमा समितिले कोरोना बिमा मापदण्ड–०७७ संशोधन गरी उक्त व्यवस्था गरेको हो । यसअघि सरकारी अस्पतालमा परीक्षण गरिएको रिपोर्टका आधारमा मात्र कोरोना बिमामा दाबी भुक्तानी पाइने व्यवस्था थियो । सोमबारदेखि लागू हुने भन्दै समितिले बिमा कम्पनीहरूलाई यसबारे निर्देशन जारी गरेको छ ।
सरकारले निजी प्रयोगशालालाई पीसीआर परीक्षणको अनुमति दिएको अवस्थामा पनि बिमा कम्पनीहरूले तिनलाई मान्यता नदिएको भन्दै चौतर्फी विरोध भएको थियो । सोही कारण बिमा समितिले निजी प्रयोगशालाको रिपोर्टलाई पनि कसरी कोरोना बिमा मापदण्डमा समावेश गर्न सकिन्छ, अध्ययन गर्न एक समिति गठन गरेको थियो । सोही समितिको सुझावका आधारमा आइतबार मापदण्ड परिमार्जन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)