नेदरल्याण्डको राजधानी एम्स्टर्डममा रहेकाे गान्धीको मूर्तिमा आक्रमण
reportersnepal.com · Fri Jun 19 17:34:41 UTC 2020
एजेन्सी ५ असार : अमेरिकाको पुलिस हिरासतमा अस्वेत नागरिक जर्ज फ्लोडको मृत्युपछि विश्वभर विभिन्न स्मारकहरूमाथि आक्रमण भैरहेको छ ।
सोहिक्रममा अज्ञात व्यक्तिहरुको समुहले नेदरल्याण्डको राजधानी एम्स्टर्डममा अवस्थित महात्मा गान्धीको शालिकमाथि आक्रमण गरेका छन्। उक्त शालिकको वरिपरि केही आपत्तिजनक तस्बिरहरू पनि अज्ञात व्यक्तिहरुले बनाएका छन । शालिकमा समुहले रातो रंग लगाइ जातीय टिप्पणीहरू लेखेकाे जनाइएको छ । अमेरिकाको राजधानी वाशिंगटनमा समेत यसअघि गान्धीको शालिक माथि आक्रमण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)