नेपथ्यको क्यानाडा भ्रमण: भव्य रह्यो क्यालगरीको पहिलो शो
kalakarmi.com · Wed Oct 04 00:20:04 GMT 2023
क्यालगरी- सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ सम्पन्न भएको छ ।
सन् २०२२ मा ‘जीवन्त सहर’ (ग्लोबल लिभेबिलिटी) का लागि विश्वभरमै तेश्रो अनि उत्तरी अमेरिकाकै पहिलो बनेको क्यालगरीमा अघिल्लो दिनबाटै नेपथ्य माहोल अनुभूत गर्न सकिन्थ्यो । स्थानीय टेलिभिजन सिबिसी लगायतका सञ्चारमाध्यमहरुमा नेपाली गीत, नेपाली गायक र नेपाली प्रस्तोताका अभिव्यक्तिहरु देखापर्न थालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)