कपिलवस्तुमा ६ सय ३१ जनाको दुत खोज परीक्षण, सबैको कोरोना रिपोर्ट नेगेटीभ
hamrakura.com · Thu Apr 16 17:32:00 UTC 2020
कपिलवस्तु । विहीबारसम्म कपिलवस्तुमा ६ सय ३१ जनाको कोरोना भाइरसको द्रुत परिक्षण गरिएको छ । बिहिबार मात्र १ सय २६ जनाको परिक्षण भएको छ । जसमा कसैको पनि कोरोना संक्रमण भएको रिर्पोट नआएको प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तुमा क्वारेन्टाइनमा बस्ने क्रमश घट्दै गएका छन्। जिल्लाका १० स्थानीय तहले निर्माण गरेका २ सय २२ बेडको क्वारेन्टाइनमा विहीबारसम्म १ सय ६८ जना मात्र रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)