कर्णालीमा घट्दै कोरोना संक्रमण दर
baahrakhari.com · Sun Jul 19 17:55:00 UTC 2020
सुर्खेत । पछिल्लो चौबीस घण्टामा कर्णाली प्रदेशमा एक जनामा मात्र कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले कर्णालीमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या एक अङ्कमा झर्दै आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)