बालकुमारी घटना सामान्य होइनः प्रधानमन्त्री दाहाल
rajdhanidaily.com · Mon Jan 01 23:10:15 GMT 2024
काठमाडौं । सरकार र बालकुमारी घटनामा मृत्यु भएका पीडित परिवारबीच सोमबार चारबुँदे सहमति भएको छ । गत शुक्रबार ईपीएस कोरिया शाखा कार्यालयमा फाराम भर्ने विषयमा भएको प्रदर्शनका क्रममा मारिएका युवाका परिवारसँग सरकारले सहमति गरेको हो ।
मृतकका परिवारलाई परिवारका सदस्यहरूसँगको सल्लाहमा एक–एक जनालाई उपयुक्त खालको रोजगारी दिने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन सहजीकरण गर्ने, मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाही गर्न गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनुरोध गर्ने र मृतकका परिवारले सोमबार नै शव बुझीलिने र मृतकको पार्थिव शरीरलाई गृहजिल्लामा पु-याउन गृहमन्त्रालयले प्रबन्ध मिलाउने सहमतिपत्रमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)