नेपाली बैंक र कम्पनीमार्फत ३४ अर्ब बढीको शंकास्पद कारोबार !
onlinekhabar.com · Sun Sep 20 17:10:28 UTC 2020
४ असोज, काठमाडौं । गैरकानूनीरूपमा आर्जन गरेको शंकास्पद धन ओसार-पसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ ( फिनसेन ) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ ( आईसीआईजे ) ले यो खुलासा गरेको हो ।
यो खुलासा ‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको हो । यस अवधिमा बैंकहरूले आˆना ग्राहकको शंकास्पद आर्थिक गतिविधि बारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका थिए । ती जानकारीहरू प्राप्त गरी ‘ बजफिडन्यूज ‘ र आईसीआईजेले विश्वभरिका आफ्नो नेटवर्कमा रहेका पत्रकारहरूसँगको सहकार्यमा गरेको खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)