उत्तराखण्डको जंगल खोला हुँदै नेपालतिर, सुरक्षाकर्मीले भेट्योकी डण्डा मार्छ
hamrakura.com · Sat May 23 17:53:00 UTC 2020
काठमाडौं। कोरोनाको प्रभाव बढ्दै जाँदा लकडाउन पनि थपिदै गएको छ। लकडाउन थपिदै जाँदा आफ्नो कर्मथलोबाट धेरै प्रवासी नेपालीहरु घर फर्किरहेका छन्। खासगरि भारतका विभिन्न ठाउँबाट नेपाल फर्कनेहरुको लर्को वोर्डरमा देखिइरहेको छ। प्रत्येक दिन वोर्डरबाट नेपाल प्रवेश गर्नेहरु पनि बढेका छन्। अहिले पनि भारतका विभिन्न क्वारेन्टाइनमा नेपालीहरु छन् । कतिपय नेपालीहरुले भने न क्वारेन्टाइनमा बस्न पनि पाएका छन न नेपाल प्रवेश गर्ने पास पाएका छन्।
अहिले आफ्नो घर फर्कन चाहेन नेपालीहरु कुनै पनि माध्यम प्रयोग गरेर पनि आउन चाहिरहेका छन्। तर सहज नहुँदा धेरै बाटोमा दुख पाइरहेका छन्। पश्चिम नेपाल कर्णालीका विभिन्न जिल्लाका नागरिकहरु अहिले घर फर्कने क्रममा दुख पाइरहेका तस्विर र कथाहरु सामाजिक संजालमा व्यापक भइहरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)