‘आइबिएम’को विद्यालय कार्यक्रम नेपालमा
barnanmedia.com · Wed Jul 17 23:32:45 UTC 2024

काठमाडौँ, ३ साउन: विश्व प्रसिद्ध प्रविधि कम्पनी ‘आइबिएम’को विद्यालय कार्यक्रम नेपालमा ल्याइएको छ । भारतको चर्चित शिक्षा–प्रविधि कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा एसियन इ–लर्निङले कक्षा ५ देखि १२ कक्षा सम्मका विद्यार्थीका लागि तयार पारिएको 'आइबिएम' कार्यक्रम भित्र्याएको हो ।
विद्यार्थीमा प्रविधिको पहुँच अभिवृद्धि गर्नुका साथै उद्यमशीलताको विकास गर्ने उद्देश्यले आइबिएम कम्पनीले तयार पारेको विश्वस्तरको विद्यालय कार्यक्रम ल्याइएको इ–लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठीले जानकारी दिनुभयो । “यस्तो विश्व प्रसिद्ध टेक कम्पनीको कार्यक्रम नेपालमा ल्याउन पाउनु हाम्रो लागि गौरवको विषय हो”, उहाँले भन्नुभयो, “अहिले सूचना प्रविधिको व्यापक विकाससँगै यसका चुनौतीहरु देखापरेका छन् । हामीले हाम्रा बालबालिकालाई चुनौतीका सामना गर्नसक्ने र आइटीको नवीनतम् प्रविधिहरुको ज्ञान हासिल गर्ने बनाउन जरुरी छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)