मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुहारी बनाएर भित्र्याए, छोरी बनाएर अन्माए

ekantipur.com · Wed Jul 17 23:39:33 UTC 2024

कपिलवस्तु — नौ वर्षअघि शिवराज–५ चन्द्रौटाका ३४ वर्षीय दीपक पौडेलको २९ वर्षीया पूजासँग विवाह भयो । शिवराज नगरपालिकामा कम्प्युटर इन्जिनियर पदमा कार्यरत दीपकको २०७८ मा ‘ब्रेन ट्युमर’बाट मृत्यु भयो । एकल बनेकी पूजा ससुरा घनश्याम पौडेल र सासू जालपासँग बसेर ८ वर्षकी छोरी हुर्काइरहेकी थिइन् । बुहारी बनाएर भित्र्याएकी पूजालाई पौडेल परिवारले छोरी नै मानेर अहिले अन्माइदिएका छन् ।

जेठा छोरा दीपकको मृत्युपछि पौडेल दम्पतीले दुई साताअघि बुहारी पूजाको विवाह गरिदिएका हुन् । उनको विवाहसँगै श्रीमान्को मृत्युपछि आजीवन एकल बस्ने परम्परासमेत तोडिदिएका छन्, बुहारीको विवाह गरेर । पूजाको बिहे ससुरा घनश्यामले घरबाटै गरिदिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)