मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँचवर्ष यताकै मुद्दा फछ्र्यौटको अदालतले गर्‍यो क्रमभंग

rajdhanidaily.com · Wed Jul 17 23:38:57 UTC 2024

वीरगन्ज । पर्सा जिल्ला अदालतले गएको आर्थिक वर्ष पाँच वर्षको निरन्तरतालाई क्रमभंग गर्दै ५० प्रतिशतभन्दा बढि मुद्दा फछ्र्यौट गरेको पाइएको छ । अघिल्ला चार आर्थिक वर्ष यो अदालतले लगत सरी आएका र नयाँ गरी कुल मुद्दाको ५० प्रतिशत पनि मुद्दा फछ्र्यौट गर्न सकेको थिएन । तर गएको आर्थिक वर्ष (२०८०–०८१) मा भने लगत सरी आएका र नयाँ दर्ता भएका कुल मुद्दाको आधाभन्दा बढि फछ्र्यौट गर्दै अघिल्ला चार वर्षको निरन्तरतालाई समेत क्रमभंग गरेको भेटिएको हो ।

गत आर्थिक बर्ष पर्सा जिल्ला अदालतले कुल मुद्दा मध्ये ५६ दशमलब ९९ प्रतिशत फछ्र्यौट गरेको पर्सा जिल्लाका मुख्य भई काम गर्ने जिल्ला न्यायधीश दीपक खनालले बताए । जिल्ला अदालत पर्सामा गत आर्थिक वर्ष नयाँ मात्र ७ हजार ३ सय १ मुद्दा दर्ता भएको त्यहाँको तथ्याँकले देखाएको छ । यो संख्यामा अघिल्लो आर्थिक वर्ष ०७९–०८० को लगत सरी आएका ६ हजार ८ सय ६५ मुद्दा समते गरी कुल १४ हजार १ सय ६६ वटा मुद्दा भएका थिए । ‘त्यो संख्यामा नयाँ दर्ता भएकाभन्दा पनि बढि अर्थात ८ हजार ७४ वटा मुद्दा फछ्र्यौट गर्न सफल भइएछ’ मुख्य जिल्ला न्यायधीश खनालले बताए । ‘यो अघिल्ला वर्ष जिम्मेवारी सरी आएको (लगत) र नयाँ दर्ता भएका मध्येबाट न्याय सम्पादन गरिएको होे’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)