सिन्धुपाल्चाेककी सुत्केरीकाे काेराेनाबाट मृत्यु भएको पुष्टि
lokaantar.com · Sat May 16 15:26:00 UTC 2020
नेपालमा काेराेना भाइरसबाट एक महिलाकाे ज्यान गएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काेराेना संक्रमित सिन्धुपाल्चाेककी २९ वर्षीया सुत्केरीकाे ज्यान गएकाे हाे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी वक्तव्यमा ती महिलामा स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि धुलिखेल अस्पताल लैजादै गर्दा बाटाेमा मृत्यु भएको हो। उनकाे वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकाेमा २५ गते डिस्चार्ज भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)