सप्तरीमा चोरी र सवारी ज्यान मुद्दाका आठ फरार प्रतिवादी पक्राउ
gorkhapatraonline.com · Mon May 18 02:18:24 GMT 2026

सप्तरी प्रहरीले चोरी तथा सवारी ज्यान मुद्दामा फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न सात जना तथा सवारी ज्यान मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–७ का २० वर्षीय कृष्ण सोनियार रहेका छन् । उनी राजविराजस्थित शिव मन्दिर परिसरमा रहेका शशी पान पसल र विमल जनरल पसलबाट चोरी गरी फरार रहेका थिए । उनीविरुद्ध चोरी मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)