मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अव्यवस्थित र सुकुमवासीलाई जग्गा दिलाउने काम अधुरै

gorkhapatraonline.com · Mon May 18 02:15:23 GMT 2026

सरकारले भूमि समस्या समाधान आयोग अन्तर्गतको जिल्ला समिति खारेज गरी पदाधिकारीलाई पदमुक्त गरेपछि दार्चुलाका ८१ जना अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने कार्य अधुरै रहेको छ । सरकारले समिति खारेज गरेर वैशाख २० गते पदाधिकारीलाई समेत पदमुक्त गरेपछि जग्गाधनी प्रमाणपुर्जा वितरणको अन्तिम तयारीमा रहेका काम तत्कालका लागि रोकिएको हो ।

सबै प्रक्रिया पूरा गरेर राजस्व बुझाउन बाँकी रहेका शैल्यशिखर नगरपालिका–६ का २९ जना अव्यवस्थित बसोबासी र सेतो प्रमाणपुर्जा भएका फायल अध्ययन गरेर फिल्ड निरीक्षण र मुचुल्का तयार गरिएका ५२ जना गरेर ८१ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरणको काम रोकिएको भूमि समस्या समाधान आयोग, तत्कालीन जिल्ला समितिका अध्यक्ष लालसिंह धामीले जानकारी दिनुभयो । उहाँले यसअघि समितिले यहाँका ८१ जना अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइसकेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)