मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पिकेको नु क्याम्प बिदाइमा बार्सिलोना विजयी

ekantipur.com · Sun Nov 06 01:10:10 GMT 2022

म्याड्रिड — नु क्याम्पमा जेरोर्ड पिकेको अन्तिम खेलमा बार्सिलोनाले शनिबार स्पेनी ला लिगामा आल्मेरियालाई २–० ले हराएको छ । क्लब लेजेन्डले क्लबको घरेलु मैदानमा समर्थकको भावपूर्ण बिदाइ पनि पाए ।

खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो । ओसमन डेम्बेलेले ४८ औं मिनेटमा पहिलो गोल गरेपछि फ्रेन्क डे जङले ६२ औं मिनेटमा दोस्रो गोल थपे । यो जितपछि बार्सिलोना कम्तिमा एक दिनका लागि लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)