मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाकिस्तानमा १७ वर्षपछि इंग्ल्यान्डको खेल

ekantipur.com · Thu Sep 22 01:09:11 GMT 2022

कराँची — टिममा पुनरागमन गरिरहेका एलेक्स हेल्सको ५३ र डेब्यु गरिरहेका लुक उडले २४ रनमा ३ विकेट लिएपछि इंग्ल्यान्डले पाकिस्तानलाई पहिलो ट्वान्टी–२० मा मंगलबार ६ विकेटले पराजित गरेको छ । इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानी भूमिमा खेलेको यो पहिलो खेल रह्यो । जितका लागि १ सय ५९ रन पछ्याइरहेको इंग्ल्यान्डबाट सन् २०१९ यता पहिलोपल्ट खेलेका हेल्सले ७ चौका प्रहार गरे ।

ह्यारी ब्रुक्सले २५ बलमा नटआउट ४२ रन बनाएपछि इंग्ल्यान्ड ४ बल बाँकी छँदै जितसम्म पुगेको थियो । यसअघि पाकिस्तानले ७ विकेटमा १ सय ५८ रन बनाएको थियो । सुरक्षाको कारण देखाएर इंग्ल्यान्डले १७ वर्षयता पाकिस्तानमा खेलेको थिएन । इंग्ल्यान्डले अन्तिम पटक सन् २००५ मा पाकिस्तान भ्रमण गरेको हो । गत वर्ष इंग्ल्यान्डले पाकिस्तानमा खेल्ने कार्यक्रम तय थियो, तर अन्तिम क्षणमा इंग्ल्यान्डले त्यसलाई रद्द गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)