मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतमा ५–जी सेवा सुरु

ekantipur.com · Sun Oct 02 01:17:05 GMT 2022

नयाँदिल्ली — भारतमा ५–जी मोबाइल सेवा सुरु भएको छ । शनिबार नयाँदिल्लीमा आयोजित ‘इन्डिया मोबाइल कांग्रेस, २०२२’ मा प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सेवाको औपचारिक उद्घाटन गरेका हुन् । हाललाई भारतका ८ सहरमा सेवा उपलब्ध गराइएको छ ।

५–जी मोबाइल सेवा सुरु भएसँगै अब मुलुकभर उच्च गतिको इन्टरनेट सुविधा दिन बाटो खुलेको छ । भारत सरकारले आगामी वर्षसम्म ५–जी सेवालाई मुलुकभर नै विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । दूरसञ्चार कम्पनी एयरटेलले शनिबारदेखि नै दिल्ली, मुम्बई, बेंगलुरु, वाराणसीलगायत ८ सहरमा ५–जी सेवा दिन सुरु गरेको छ । ‘सन् २०२४ मार्चसम्ममा हामी मुलुकरभर सेवा विस्तार गरिसक्नेछौं,’ एयरटेल अध्यक्ष सुनील मित्तलले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)