मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जमानीमा अपराध, बुढेसकालमा जेल

annapurnapost.com · Mon Aug 30 06:20:00 GMT 2021

विराटनगर : २०४२ सालमा उजारी विश्वास थारु विरुद्ध जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा पर्‍यो। थलाहा गाविस–७ (हालको कटहरी गाउँपालिका) का चौधरी त्यतिबेला ५१ वर्षका थिए। २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो। जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो। २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर गर्‍यो। अर्थात चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो।

सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे। त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो। ३६ वर्ष अघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परे। ८७ वर्षको गलेको शरीर लिएर चौधरी जेल पुगेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)