गम्भीर कुटनीतिक पहल र कानुनी उपचारमा लाग्नु वेश होला: बाबुराम भट्टराई
ratopati.com
file photo
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले कालापानी र लिपुलेकको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर कुटनीतिक पहल लिन आग्रह गरेका छन् । आइतबार साँझ ट्वीट गर्दै नेता भट्टराईले वक्तव्यवाजीको सट्टा गम्भीर कुटनीतिक पहल र कानुनी उपचारको तयारीमा लाग्न आग्रह गरेका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले लिपुलेकबारे सबै राजनीतिक दल र जनस्तरबाट स्वतस्फूर्त रुपमा पोखिएको देशभक्तिको भावना स्तुत्य रहेको समेत बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)