कपिलवस्तुमा भोलि देखि लकडाउन
himalkhabar.com · Mon Aug 10 17:53:54 UTC 2020
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाभित्रका सम्पूर्ण गतिविधिमा कडाई गरेको छ। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सोमबार जारी गरेको सूचना अनुसार, भोलि देखि जिल्लाभित्र गुड्ने सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
तर, एम्बुलेन्स, ग्यास औषधी, फलफूल, दूध, पेट्रोलियम पदार्थ र पशुपंक्षीको दाना वोक्ने सवारी साधन गुड्नलाई रोक लगाइएको छैन। कपिलवस्तु भएर राजमार्गमा गुड्ने सवारी साधनमा प्रतिवन्ध लगाइएको छैन, तर त्यस्ता सवारी साधनले जिल्लाभित्र रोक्न र मानिस चढाउने र ओराल्ने गर्न पाउने छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)