यी ५ देशमा छन् विश्वकै सबै भन्दा धेरै कोरोना संक्रमित
lokpath.com · Fri Aug 14 17:49:46 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ५९ हजार ५ सय २४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ११ लाख ४ हजार ४ सय ९ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ३९ लाख ९० हजार १ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ५ सय ५२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७० हजार ८ सय ५९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २० हजार ८ सय २४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५४ लाख ३६ हजार ४ सय ९० पुगेको छ । हालसम्म २८ लाख ४५ हजार ७ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार २ सय २० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ४४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)