अमेरिका फेरि आणविक बम निर्माणको तयारी जुट्यो
ratopati.com
एजेन्सी । रुस र चीनको खतरालाई मध्यनजर गर्दै अमेरिकाले फेरि आणविक बम बनाउन जुटेको छ । अमेरिकाले आगामी १० वर्षमा यसको औधोगिक उत्पादनमा ७० हजार करोड खर्च गर्ने प्रस्तावलाई अघि बढाएको छ । यसको उत्पादन अमेरिकाको क्यारोलिनास्थित सवाना नदीको किनारमा रहेको कारखाना र न्यु मेक्सिकोको लस अल्मोसमा हुने जनाइएको छ ।
अमेरिका र रसियाको शीतयुद्ध चलिरहेका बेला साभना नदी किनारमा रहेको आणविक हतियार उत्पादन कारखानाले आणविक हतियारहरुका लागि ट्रिटियम र प्लुटोनियम उत्पादन गरेको थियो । त्यसबेला २ लाख एकडमा फैलिएको यस कारखानामा हजारौं व्यक्तिले काम गरेका थिए । अहिले त्यहाँबाट निकै धेरै रेडियोधर्मी तरल पदार्थ(फोहोर) संकलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)