मन्त्री पोखरेलको भारत लक्षित चेतावनी : नेपालीहरु अपमान सहँदैनन् !
annapurnapost.com · Wed May 20 10:39:00 UTC 2020
काठमाडौँ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सिमानाबारे भारत सरकारको अभिव्यक्तिलाई लक्षित गर्दै चेतावनी दिएका छन् ।
भारत सरकारले नेपालको नक्साबारे टिप्पणी गरेको केही घण्टामै उनले ट्वीटर मार्फत नेपालीहरु कसैमाथि पनि अपमान भएको र होच्याएको सहन नसक्ने अभिव्यक्ति दिएका छन् । उनले ट्वीटरमा लेखेका छन् : ‘हामी कसैमाथि असमानरअपमानजनक व्यवहार गर्दैनौं, कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं ! नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउनरअपमानगर्न खोजे नेपालीहरूले कदापि सहँदैनन् । नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित बनिरहौं !’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)