मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गैरआवासीय नेपाली संघ १६ औं युरोप क्षेत्रीय सम्मेलनका निष्कर्षहरू

barnanmedia.com · Mon Mar 31 21:46:19 GMT 2025

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं क्षेत्रीय सम्मेलन मार्च २८ – ३०, २०२५ मा माल्टामा भव्य रुपमा सम्पन्न भयो। एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको मुख्य आयोजना, युरोप क्षेत्र र एनसीसी माल्टाद्वारा होस्ट गरिएको यस सम्मेलनमा माल्टाका सम्माननीय राष्ट्रपति H.E. Myriam Spiteri Debono ले विशेष शुभकामना पठाउनुभयो ।नेपाल सरकारका तर्फबाट माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीसहित अन्य पदाधिकारीज्यूहरु, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा पदाधिकारीज्यूहरु, नेपाल लगानी बोर्डका प्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु, सञ्चारकर्मी एवं यूरोप क्षेत्र र विश्वभरबाट सहभागी हुनुभएका २५० भन्दा बढी प्रतिनिधिको सहभागिता रह्यो। “नेपालमा लगानीः एकता र समृद्धिका लागि साझेदारी” भन्ने मुख्य नाराका साथ आयोजना गरिएको यस सम्मेलनमा विभिन्न विषयहरुमा छलफल गरियो । विशेष गरी सम्मेलनमा लगानी, व्यापार, उद्यमशीलता, सुरक्षित र मर्यादित बैदेशिक रोजगार तथा श्रम आप्रवासन, गैरआवासीय नेपाली नागरिकता एवं गोर्खाज्का मुद्दा, ज्ञान, सीप र प्रविधि, महिला, युवा तथा दोस्रो पुस्ता, च्यारिटी र मानवीय सहायता, पर्यटन, सांस्कृतिक प्रवर्धन, जस्ता विविध विषयमा गहन छलफल भयो। आर्थिक एकीकरणलाई नेपालमा लगानी अवसरको प्रवर्धन, युवा र आप्रवासीहरूको चुनौती र अवसरमा एनआरएनएको महत्वपूर्ण भूमिका र भविष्यमा यसको एकता र रणनीतिक दृष्टिकोण, एनसीसीलाई सुदृढ गर्दै अवसरहरूलाई तीव्र बनाउने र चुनौतीहरू पार गर्ने रणनीतिहरू अपनाउनुपर्ने लगायतका विषयमा दिशानिर्देश गरिएको छ। सम्मेलनका निष्कर्षहरू निम्नानुसार रहेका छन्:

१. 'एक पटकको नेपाली सधैंको नेपाली' भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै वंशजको नागरिकताको निरन्तरता हुनुपर्ने हाम्रो अपेक्षा र अपरिहार्यता हो । यद्पी नेपाल सरकारले गैरआवासीय नेपालीका पक्षमा गरेका सम्पूर्ण निर्णय र सहजिकरणको लागि हार्दिक आभार व्यक्त गर्दै संविधानको धारा १४ मा प्रष्ट व्यवस्था भएको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि यथाशक्य छिटो आवश्यक कानूनी प्रबन्ध मिलाइदिन तथा गैरआवासीय नेपाली समबन्धी ऐन यथाशक्य छिटो संशोधनसहित कार्यान्वयनमा ल्याउन यो सम्मेलन अनुरोध गर्दछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)