मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

समुदायस्तरमै कोरोना परीक्षण गर्दै वीरेन्द्रनगर

onlinekhabar.com · Thu Jun 03 00:45:57 GMT 2021

२० जेठ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले समुदायस्तरमै कोरोना परीक्षण सुरु गरेको छ । यसअघि साताको तीन दिन एकै ठाउँबाट स्वाब संकलन गर्दै आएको नगरपालिकाले अब भने समुदायस्तरमै पुगेर संक्रमित खोज्न थालेको हो ।

परीक्षणलाई सहज बनाउन र टोलस्तरको तत्कालीन अवस्था थाहा पाउँन समुदायस्तरमै परीक्षण थालिएको वीरेन्द्रनगरकी उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘संक्रमणको ‘चेन ब्रेक’ गर्नका लागि पनि परीक्षणको दायरा बढाएका हौं,’ उपप्रमुख ढकालले भनिन्, ‘जेठ २३ गतेसम्म अति प्रभावित क्षेत्रको स्वाब संकलन तथा परीक्षण गरी सकिने छ । र, तत्कालीन अवस्था केलाएर संक्रमण नियन्त्रणको अर्को स्टेप चाल्ने छौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)