एमसीसी पारित गर वा नगर भनेर चीनले एक शब्दपनि बोलेको छैन् : देवेन्द्र पौडेल (भिडिओसहित)
reportersnepal.com · Tue Jun 23 17:45:42 UTC 2020
काठमाडौं, ९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले एमसीसीबारे पार्टीले अझै निर्णय नगरेको स्पष्ट पारेका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमसीसीभन्दा ठूलो देश, देशका पार्टी र नेपाली जनता भएको बताएका छन् ।
एमसीसीका कारण पार्टीपनि विभाजनमा जाने, देशपनि संकटमा पर्ने र सरकार पनि संकटमा पर्ने त्यो स्थितिमा जान नदिने उनको दाबी छ । उनले एमसीसी खारेज गर्नेबारे आजको दिनसम्म आफ्नो पार्टीले कहीँ कतैपनि निर्णय नगरेको स्पष्ट पारे । उनले अहिले पार्टी एकता महान र धेरै ठूलो रहेको आवश्यकत्ता औंल्याउँदै भने,’यस्तै कुनै प्रोजेक्टका कारणले पार्टी विभाजनतिर जानेगरि हामीले भूमिका खेल्नुहुँदैन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)