रसियामा कोरोनाको कहर: २ लाख १८ हजार नाघे संक्रमित
lokpath.com · Sun May 17 18:06:28 UTC 2020
काठमाडौं । रसियामा बितेको २४ घण्टामा कोरोनाको कारण ९४ जनाको ज्यान गइसकेको छ । हालसम्म २ हजार ६ सय ३१ जनाको कोरोना भाइरसको कारण ज्यान गइसकेको रसियामा २ लाख १८ हजार ७ सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ ।
भने हालसम्म ६७ हजार ३ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यहाँ बितेको २४ घण्टामा मात्र ९ हजार ७ सय ९ जनामा कोरोना संक्रमण देखिएको र २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)