कोरोना विश्व अपडेटः ५ लाख ३५ हजार नाघे मृतक, कति पुगे संक्रमित ? (विवरणसहित)
lokpath.com · Sun Jul 05 18:05:17 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ३५ हजार १ सय ३९ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड १४ लाख ७५ हजार ४ सय ८० जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६५ लाख १ हजार ६ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५८ हजार ५ सय जनाको अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण २ हजार २ सय ७८ जनाको ज्यान गएको र १ लाख ३ हजार २ सय ७८ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)