मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परीक्षार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश

barnanmedia.com · Wed Jun 10 21:45:01 GMT 2026

सर्वोच्च अदालतले परीक्षा हलमा भेटिएका मोबाइल नष्ट नगर्न आदेश दिएको छ।

गत एसईई परीक्षामा चिट चोरेको भन्दै सिरहामा झण्डै एक करोडका मोबाइल नष्ट गरिएको सम्बन्धमा सर्वोच्चबाट यस्तो आदेश आएको हो।

सर्वोच्चले परीक्षा हलभित्र भेटिएका मोबाइल फोन र त्यसको डाटा नष्ट नगर्न प्रहरीलाई आदेश दिएको छ।

न्यायाधीश श्रीकान्त पौडेलको इजलासले परीक्षा हलमा भेटिएका मोबाइलहरू नष्ट नगरी सुरक्षित राख्नु भनी गृह मन्त्रालय लगायत जिल्ला प्रशासन कार्यालय सिराहालाई आदेश दिएको हो।

सर्वोच्च अदालतले ‘किन त्यसरी मोबाइल फोन र त्यसमा रहेका डाटा नष्ट गरिएको हो?’ भन्नेबारे कारण पेस गर्न पनि सरोकारवाला निकायलाई आदेश दिएको छ।

गत चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा मर्यादा विपरीत प्रयोग गरिएको भन्दै सिरहाका परीक्षा केन्द्रहरूबाट ७ थान आइफोन, ४८९ थान एन्ड्रोइड फोन र ५ थान स्मार्टवाच जफत गरिएको थियो।

ती उपकरणहरूलाई जिल्ला परीक्षा समन्वय समिति सिरहाको निर्णय र तत्कालीन मधेस प्रदेशकी शिक्षा मन्त्रीको घोषणाका आधारमा जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा पानी भरिएको ड्रममा डुबाएर सामूहिक रूपमा नष्ट गरिएको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी विरोध सुरु भएको थियो।

रिट निवेदकहरूले परीक्षामा मोबाइल निषेध गरिए पनि परीक्षा सकिएपछि जरिवाना लिएर वा अभिभावकको रोहबरमा फिर्ता गर्नुपर्नेमा स्वेच्छाचारी ढङ्गले नष्ट गरिएको दाबी गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय