म्यानपावरमा छापा मार्दा प्रहरीमाथि हातपात
onlinekhabar.com · Tue Nov 24 16:47:50 UTC 2020
१० मंसिर, काठमाडौं । मंगलबार विहान वैदेशिक रोजगार विभागको टोली लाजिम्पाटस्थित होप इन्टरनेसनलमा पुग्यो । विभागलाई पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिइरहेको सूचना पुगेको थियो ।
टोली त्यहाँ पुग्नासाथ हतार-हतार अन्तरवार्ता बन्द गरियो । म्यानपावर सञ्चालक, कर्मचारी सहित अन्तरवार्तास्थलमा रहेका विदेशी नागरिक पनि हतार-हतार भवननभित्र छिरे । ढोका बन्द गरे । बाहिर लाइनमा झण्डै २ सय युवा थिए । विभागका अनुसार उनीमध्ये अधिकांश भूतपूर्व तथा बहालावाला प्रहरी तथा सैनिकहरु थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)