सिन्धुपाल्चाेकमा एकै दिन थपिए १२ काेराेनाभाइरस संक्रमित
farakdhar.com · Sat Jul 04 18:07:55 UTC 2020
सिन्धुपाल्चोकमा शनिबार एकै दिन तीन बालबालिकासहित १२ संक्रमित थपिएका छन् । पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिकाका सात पुरुष र पाँच महिलामा कोरोना संक्रमण पुष्टि भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए ।
संक्रमितमध्ये पाँचपोखरी थाङपालका मात्र ११ छन् । पाँचपोखरी–३ का ११ महिनाका बालकसहित १५, २८, २८, ३६, ३६ वर्षका पुरुष तथा चार वर्षीया बालिकासहित २९ र ५० वर्षीया महिलामा संक्रमण देखिएको हो । त्यस्तै संक्रमितमा पाँचपोखरी–५ का १६ वर्षीय बालक, पाँचपोखरी–७ की २३ वर्षीया र पाँचपोखरी–८ की २० वर्षीया महिला छन् । इन्द्रावती–५ का ३७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)