विपक्षीले समेत सम्मान प्रकट गर्ने बौद्धिक नेता र समाजवादी चिन्तक
Ujyaaloonline.com · Sun Aug 21 00:24:47 GMT 2022
काठमाण्डाै - नेपाली कांग्रेसका प्रभावशाली नेता, प्रखर वक्ता एवम् समाजवादी चिन्तक प्रदीप गिरि यस्तो नाम हो जसमा विपक्षीहरुले समेत श्रद्धाले शिर निहुराउँछन् । अहम् र तिक्ततापूर्ण राजनीति रहेको नेपालमा गिरिको नाममा जोकोहीले पनि सम्मान प्रकट गर्ने गर्छन् । नेपाली कांग्रेसभित्रका कम्युनिस्ट चरित्रको नेताका रुपमा पनि चिनिने गिरिलाई सोच र व्यवहारमा समाजवादी नेता मानिन्छ । उहाँको हिजो शनिवार राति उपचारको क्रममा निधन भएको छ । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो हप्ता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना गरिएको थियो । पछिल्ला दिनहरुमा निमोनिया फैलिँदै गएर शरीरका अङ्गहरुले काम गर्न छाड्दै गएको थियो ।
नेपाली कांग्रेसको प्रमुख सिद्धान्त मानिने प्रजातान्त्रिक समाजवादको व्याख्या, विश्लेषण र यस विचारधारालाई अगाडि बढाउने काम वीपीपछि कसैले गरेको छ भने त्यसको एकमात्र श्रेय प्रदीप गिरिलाई जान्छ । नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद छाड्दै गएकोमा उहाँ पछिल्लो समय चिन्तित हुनुहुन्थ्यो । तर, पार्टीभित्र पनि प्रतिपक्षीको भूमिका निभाएर पार्टीमा हुने गरेका विकृति, विसङ्गतिका बारेमा उहाँले सधैँ आवाज उठाइरहनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)